दफा ४
मुद्दाको लगत काट्ने
(१) दफा ३ को उपदफा (२) बमोजिम मध्यस्थताद्वारा समाधान गराउन चाहेको विवादको विषयमा दायर रहेको मुद्दाको लगत काट्न अदालतले आदेश दिन सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा अदालतले मुद्दाको लगत काट्ने आदेश दिने छैनः –
(क) मध्यस्थता हुन सक्ने विषयको साथ साथै मध्यस्थता हुन नसक्ने विषयमा पनि निर्णय दिनु पर्ने देखिएमा, वा
(ख) मध्यस्थताद्वारा विवादको निर्णय हुन नसक्ने कुनै मनासिब कारण देखिएमा ।